काठमाडौं । धादिङ, सप्तरी, बैतडी, नवलपरासी पूर्व र सर्लाहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
धादिङ, गल्छी गाउँपालिका ६ बैरेनी बजारस्थित सडकमा प्रदेश नम्बर ३–०२००९ प ५९६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय बद्री बहादुर कार्कीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका कार्कीको ६ नम्बर बाहिनी बैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका २ सितापुरस्थित सडकमा ना.६ ख ४०५२ नम्बरको ट्रकले बा ८९ प ५२९२ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडी, सूर्नया गाउँपालिका २ सिन्के लेकस्थित सडकमा से २ त ९०१ नम्बरको ट्याक्टर शनिबार बिहान सडकबाट अन्दाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका बस्ने २६ वर्षीय दिल बहादुर चौधरीको घट्नास्थलमै मृत्यु भएको छ ।
नवलपरासी९पूर्व०, बिनयी त्रिबेणी गाउँपालिका(७ साईफन चोकस्थित सडकमा लु १ ख ७४८४ नम्बरको बसको ठक्करबाट भारत बिहार मधुवन ग्राम पंचायत बाख्रा कोलुवा टोल बस्ने ४५ वर्षीय धरम माझीको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, बागमती नगरपालिका २ स्थित सडकमा ग.१ ख ८१४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय छोयाङ दोर्जेको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ माघ २०७६, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा २ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार