काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् । उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भैंसेपाटीमा माइक्रो बसको ठक्करबाट महिलाको मृत्यु
यसैगरी सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो । ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
नवलपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु, अरु ३ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
सवारी दुर्घटना : ६ महिनामा एक हजार २३३ जनाको मृत्यु
आफैँले चलाएको ट्याक्टर दुर्घटनामा घाइते भएका वडा सदस्यको निधन
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु