पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले ठगलाई झापड नहानेर के मैले माला लगाइदिऊँ भन्दै प्रश्न गरेका छन् । मनाङ्गेले आज पत्रकार सम्मेलन गरेर सानो घटनालाई कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले ठुलो मिडियाबाजी गरेको बताए ।
अखिल नेपाल फुटबल संघ एन्फाका कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले झापड हानेको स्वीकार्दै झापड पनि कानून भएको बताए । उनले भने, ‘मैले मात्र होइन, मुख्यमन्त्रीले झापड हान्न पर्ने हो ।’
एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् ।
मनाङ्गेले एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । ‘हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हाने । अनि मैले ठगलाई झापड हान्दा यत्रो ठूूलो विषय किन ? उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ माघ २०७६, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु : सांसद मनाङ्गे