गितानगरमा प्रचण्डले भने - " बिपीको समाजलाई नभुल्नुहोस् "

शुक्रबार, ०१ मंसिर २०७४, १६ : ५५
गितानगरमा प्रचण्डले भने - " बिपीको समाजलाई नभुल्नुहोस् "


भरतपुर ।  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको कांग्रेसले विपिको समाजबाद भुलको बताउनुभयो । चितवन क्षेत्र नं.३ क अन्तरगत भरतपुर वडा नं. ६ को संयुक्त बामगठबन्धनको चुनावी सम्पर्क कार्यलयको उद्घाटन पछि चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभयो । राप्रापा प्रजातान्त्रिक सगँ चुनावी तालमेल गरेको प्रति संकेत गदै उहाँले गणतन्त्रको बिरोधहरुसगँ कांग्रेसले गठबन्धन गरेर बिपीको समाजबाद भुलेको दाबी गर्नुभयो । समाजवादको मुल सिद्धान्तबाट पार्टी विचलित हुँदै गईरहेको उहाँको आरोप थियो । उहाँ भन्नुभयो– म तपाईहरुलाई सुझाव दिन चाहान्छु । बीपिको समाजबादी तीर जानुस् । गिरिजा बाबुको शान्ति सम्झैता तिरै जानुस् ।  

 

चितवनबासीले देशकै नेतृत्व गर्न सक्नेलाई मतदान गर्ने कि ४ स्थानमा उम्मेदवारी दिने पाटीलाई रोज्ने भनी प्रश्न गर्नुभयो । राप्रपा प्रजातान्त्रीक बिलय नै भएर गईसकेकाले समयमै सोच विचार गरी मतदान गर्न अवश्यकता रहेको बताउनुभयो ।

तर कतिपय नेपाली काग्रेसका केही साथीहरुलो बिपीले सेन्टीमेन्टमा आएर समाजबाद भन्यो हो त्यो समाजबाद होईन हाम्रो भन्ने जन्भिएको छ । यस्तो आदर्श सिद्धान्तले कांग्रेस कहिल्यै बिपीको समाजबाद तर्फ जान नसक्ने बताउनुभयो ।  नेपालका कम्युनिष्ट पार्टीहरुले समेत आदर्श मान्ने गरेको विपिको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट नेपाली काँग्रेसको नेतृत्व च्युत हुँदै गएको उहाँको भनाई थियो । प्रचण्डले पाटीको सिद्धान्त मिल्नेहरुसगँ पाटी एकता गर्नुहोस् ,कांग्रेस अहिले राजाबादी ,गणतन्त्र बिरोधीहरुसगँ गठबन्धन गरेर बिपीको र गिरिजा बाबुको अपमान गरि राखेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो -  " यदि गिरिजाबाबु हुनु भएको भए यस्तो कहिल्यै पनि हुदैन थियो ।"

यहाँले बिपिको समाजबादलाई कहिले पनि बिचलित हुन नदिनुभएको स्मरण गर्नुभयो । अहिलेको कांग्रेस नेतृत्व विचलित बन्दै गईरहेकोले हिजाका लोकतन्त्र,गणतन्त्रका विरोधीहरुसगँ सहकार्य गर्दै अगाडी बढेको अरोप लगाउनुभयो । कार्यक्रममा बोल्दै राप्रपा प्रजातान्त्रिकबाट माओवादी केन्द्र प्रवेश गरेका बद्री तिमलसिनाले राप्रपा प्रजातान्त्रिकलाई अब प्रतिनिधी सभामा पाउन नसकिने बताउनुभयो । जम्मा ४ वटा स्थानबाट उम्मेदवारी दिएको राप्रपाले जनताको भावनाको कदर गर्न नसक्ने बताउनुभयो । अब ४ वटा सिला पनि खोजेर नपाईने अवस्था आउदैछ ।

 

प्रतिक्रिया दिनुहोस