सत्य निरुपणमा कांग्रेसका भट्ट, बेपत्ता आयोगमा नेकपाका सुवेदी सिफारिस

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १५ : ३२
सत्य निरुपणमा कांग्रेसका भट्ट, बेपत्ता आयोगमा नेकपाका सुवेदी सिफारिस

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका हुन् ।

सत्य निरुपणमा कांग्रेसका तर्फबाट भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको हो ।

यस्तै बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवम् कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस