ओली र प्रचण्डबीच भेटवार्ता

सोमबार, २९ माघ २०७४, १५ : १३
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उहाँहरु वार्तामा जुट्नुभएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिनुभयो ।

उहाँहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस