नुवाकोट । सयौँ वर्ष अघिदेखि जारी नुवाकोटको तारुकामा गोरु जुधाउने परम्पराले यसपाली पनि निरन्तरता पायो । माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते यसरी गोरु जुधाइ मेला गरिएको हो ।
यसपाली २१ हल प्रतियोगि र एक हल अप्रतियोगी गोरु जुधाइयो । जुधेका मध्ये १३ हल गोरुलाई उत्कृष्ट छनोट गरिएको थियो । गोरु जुधाएको हेर्न नेपालका विभिन्न जिल्लाबाट दर्शकहरु आएका थिए ।
शुरुमा तारुकामा मात्रै गोरु जुधाउने चलन अहिले तारुकाकै विभिन्न स्थानमा हुन्छ भने धादिंगमा समेत थालिएको छ । तारुकामा गोरु जुधाएको हेर्न हजारौँ दर्शक सहभागि भए ।
हेर्नृहोस्, तस्विर :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, ०८ : ४४
लेखकबाट थप