काठमाडौं । प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताउनुभएको छ ।
उहाँले प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ को राजधानी हेटौँडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाउनुभएको जिज्ञासावारेमा जवाफ दिनुहुने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो । उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएको छ ।
प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली काँग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ पुस २०७६, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
आज सातवटै प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
सीडीओलाई प्रदेश मातहत राख्न प्रदेशका मन्त्रीहरूको सुझाव