काठमाडौं । डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस्। यस्तै खाले अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ।
भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थालेको रुपमा परिमार्जन गरिएको छ। यहाँभित्र सिट छैनन्। सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन्।
बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ। त्यससँगै अगाडि एकजना डिजे हुन्छन्। संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिने छ। रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँदै छ।
पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ। बस प्रयोग गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ पुस २०७६, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत
मकवानपुरमा बस पल्टियो, ३५ जना घाइते
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन
चितवनमा माइक्रो बस ट्यांकरसँग ठोकियो, १६ जना घाइते
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार