काठमाडौँ । विश्व हिन्दी दिवसका अवसरमा आज राजधानीमा हिन्दीमा अनुवाद गरिएका पाँच वटा पुस्तक विमोचन भएका छन् । सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठी र यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले संयुक्तरुपमा ती पुस्तक विमोचन गर्नुभएको हो ।
यहाँस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागको आयोजनामा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘अश्वत्थामा’ बाह्रखरी बुक्सको ‘उत्कृष्ट कथा–२०७६’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘काव्यसाधना’, त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागका दुईवटा प्रकाशन ‘साहित्य लोक’ र प्रेम चन्दका ‘पाँच कथा’ आजै विमोचन गरिएका हुन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २५ पुस २०७६, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौरिस हर्जोगको चर्चित पुस्तक अब नेपाली भाषामा
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
कोरिया रिटर्नीहरुलाई सहज हुने पुस्तक सार्वजनिक