काठमाडौँ । सामान्यतया समसामयिक विषय तथा साहित्यसम्बन्धिका पुस्तकहरु दुईरचार सय वा एक हजारसम्मका हुन्छन् । पाँच सयभन्दा बढी मुल्यका पुस्तक विक्न गाह्रो पनि छ नेपाली समाजमा । तर यहाँ एउटै किताव पाँच हजार मुल्य राखिएको छ भन्दा धेरैलाई आश्चर्यपनि लाग्ला ।
आज एउटा पुस्तक जुन नेपालको एकीकरणको अगुवाई गर्ने पृथ्वी नारायण शाहको विषयमा लेखिएको पुस्तक 'अनेकौंका दृष्टिमा राष्ट्र निर्माता' पाँच हजार मुल्यको छ । उक्त पुस्तकमा पृथ्वीनारायणशाहको बारेमा वहुआयामिक रुपमा लेखिएको छ । ४४३ जना लेखकहरुको लेख समावेश भएको एक हजार ४०४ पृष्टको पुस्तक काठमाडौँमा आज प्रधान सेनापति पूर्णचन्द्र थापाले लोकार्पण गरे ।
हरिप्रसाद सोडारीको पहलमा उनी आफैँ प्रधानसम्पादक भएर तयार भएको उक्त पुस्तक लोकार्पणको अबसरमा भने आज विशेष छुट गरेर रु २ हजारमा विक्रि भएको थियो । इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले पुस्तकले तत्कालिन श्री ५ पुथ्वीनारायण शाहको सकारात्मक र नकारात्मक सबै पाटो केलाएको उल्लेख गरे ।
प्रधानसेनापति थापाले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा पुस्तकले महत्ववपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाली नागरिकहरुलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रियता र एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलतामा एकीकरण मार्ग कार्यक्रम शुरु भएको जानकारी दिए ।
उत्तm कार्यक्रम अन्तर्गत नेपाल एकिकरणका दौरान प्रयोग भएका पदमार्ग तथा एकीकरण अभियानसंग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ कार्यान्वयनका लागि सेनाले तयारी थालेको समेत उनले बताए । पुस्तकका प्रधानसम्पादक सोडारीले यो पुस्तक इतिहासको अभिलेखको रुपमा रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौरिस हर्जोगको चर्चित पुस्तक अब नेपाली भाषामा
नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
कोरिया रिटर्नीहरुलाई सहज हुने पुस्तक सार्वजनिक