सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ । कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष तथा छोरी विमलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुतेको अवस्थामा निस्सासिन पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु