काठमाडौँ । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजना लाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ पुस २०७६, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ