राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो, कुन प्रदेशमा कति मतदाता ?

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, २१ : १४
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो,  कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं । माघ ९ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकिएको छ । जसअनुसार प्रदेश नं. १ को मोरङस्थित बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ ।  उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्प ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् ।

यस्तै प्रदेश नं. २ को धनुषास्थित जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्प १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् ।

प्रदेश नं. ३ को ललितपुरस्थित ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्प ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेको आयोगले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्प ६० र स्थानीय तहतर्फ.अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् ।

प्रदेश नं. ५ को दाङस्थित घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतस्थित बीरेन्द्रनगरको .जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् । यसैगरी सुदूर पश्चिम प्रदेशको डोटीस्थित सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च मा.वि.मा मतदान स्थल तोकिएको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्तर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६  गरी जम्मा २ हजार ५६ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस