विप्लव समूहका उपत्यका युवा संयोजक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, २१ : ०७
विप्लव समूहका उपत्यका युवा संयोजक पक्राउ

फाईल फोटो

काठमाडौँ । प्रतिवन्धित विप्लव समूहका उपत्यका युवा संयोजक पक्राउ परेका छद्धन् । 

काठमाण्डौं उपत्यका लगाएत बिभिन्न स्थानहरूका केही उद्योगी तथा व्यवसायी वर्गलाई धम्क्याएर चन्दा उठाएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरका राजु घिमिरेलाई  कुमारीपाटीबाट पक्राउ गरेको हो । 

उनको साथबाट  ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू बरामद भएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।