काठमाडौँ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाले पाँच दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सोमबारसम्म बन्द गर्ने निर्णय गरिएको हो ।
सरोकारवाला निकायहरुसँग छलफलपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि सप्तकोशी नगरपालिकास्थित सात आधारभूत विद्यालय र चार माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको नगर शिक्षा समितिले जनाएको छ ।
समितिले मङ्गलबारको मौसमपछि फेरि के गर्ने भन्ने विषयमा पछि छलफल गर्ने शिक्षा शाखा प्रमुख रामदेव चौधरीले बताउनुभयो । चिसो बढेपछि जिल्लाको विभिन्न स्थानमा काठ दाउरा बालिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ पुस २०७६, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती
सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
चिसोका कारण इटहरीमा विद्यालय बन्द