काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि संयुक्त अधिराज्य(बेलायत)का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहाँसिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त हुनुभएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्तगर्नुभयो ।
उहाँले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई आग्रह गर्नुभयो ।
गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरा पाउने विश्वँस व्यक्तगर्नुभयो ।
उहाँले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताउनुभयो ।
राजदुत निकोलाले नेपाल र बेलायतबीच एैतिहाँसिक सम्बन्ध रहेको चर्चा गर्दै ईतिहाँसदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगका लागि आफुहरु कृतज्ञ रहेको बताउनुभयो ।
बेलायतमा बस्ने नपालीहरुको समस्या तथा ब्रिटिश गोरखाका समस्याबारे आफुहरु गम्भिर रहेको बताउँदै अहिले धेरै समस्याहरु समाधान भईसकेको उहाँको भनाई छ ।
भेटवार्तामा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ मंसिर २०७६, १३ : ००
लेखकबाट थप