काठमाडौ । यसअघि तत्कालीन माओवादीबाट कृष्णबहादुर महरा बनेका थिए सभामुख । संसद सचिवालयका महिला कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सभामुख पदबाट उनी मुक्त भएका छन् । यतिबेला सभामुख पद खाली छ, जसका कारण विभिन्न समस्याहरु देखिन थालेका छन् । तर पनि सरकारले सभामुख चयन गर्न सकिरहेको छैन ।
महरा तत्कालीन माओवादीबाट सभामुख बनेका कारण सो पदमा पुनः सभामुख तत्कालीन माओवादीबाट बनाइनुपर्ने लबिङ चलिरहेको थियो । यो विषयलाई लिएर तत्कालीन माओवादीका नेताहरु अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेका थिए । तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्नेमा अध्यक्ष प्रचण्डले समेत साथ दिएका थिए ।
स्रोतका तत्कालीन माओवादी पक्षका नेताहरुले सभामुखमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगरलगायतले दावी गरेका थिए, तर पछिल्लो पल्ट त्यो दावी उल्टो पिरामिडमा पल्टिएको छ ।
तत्कालीन माओवादीबाट सभामुख पद खोसिने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुकूल सभामुख बनाउने अडान लिएपछि तत्कालीन माओवादीबाट सभामुख पद खोसिने अवस्था देखिएको छ ।
पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् ।
अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना पक्षका नेतासँग कुरा गरेर नेम्वाङलाई फाइनल गर्ने मनस्थितिमा पुगेका स्रोतको दावी छ ।
प्रधानमन्त्री ओली सरकारको काम गर्न र गराउन आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडान राख्दै नेम्वाङको नाम लिएका छन् ।
केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेका थिए । नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले नेम्वाङलाई बोलाएर सभामुखको विषयमा अभिव्यक्ति नदिन सुझाएका थिए ।
प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराएर सरकारी निवास फर्किसकेका छन् । यस विषयमा अध्यक्ष प्रचण्डले चाँडै नै उनीसँग कुरा गरेर सभामुखको विषयलाई अन्तिम रुप दिने तयारी भएको छ । नेम्वाङ सभामुख पदका लागि तयार भए प्रचण्डले पनि उनकै नाममा सहमति जनाई दिने लगभग पक्का नै भइसकेको नेकपाका एक नेताले बताए ।
पार्टीका स्थायी समिति सदस्य समेत रहेका प्रमुख सचेतक देव गुरुङले नेकपाभित्र कसलाई सभामुख बनाउने भन्नेबारे अहिले संसदीय दलको बैठकमा छलफल नभएपनि शीर्ष नेताहरुको तहमा अनौपचारिक छलफल भएको बताए ।
नेता नेम्वाङले संविधान निर्माणमा राम्रो भूमिका निर्वाह गरेको तथा अनुभवी भएका कारणले उनको नामप्रति दुबै अध्यक्ष सहमत हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० मंसिर २०७६, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे