काठमाडौं । कर्णाली प्रदेशमा रहेको शफोक्सुन्डो राष्ट्रिय निकुञ्जको भिजेरमा मङ्सिरको पहिलो साता दुई हिमचितुवामा सफलतापूर्वक ‘भूउपग्रह कलर’ जडान गरिएको छ ।
समुन्द्री सतहबाट ४१७१ मिटरको उचाईमा समातिएको पहिलो हिमचितुवालाई यस क्षेत्रको स्थानीय हिउँ चितुवा संरक्षण समितिको नामानुसार ‘जेबोरोङ्ग’ नामाकरण गरिएको छ । यस सुन्दर स्तनधारी ३८ केजी तौलको छ । यसैबीच, स्थानीयहरूले दोस्रो हिमचितुवाको नाम ‘स्याम्लिङ्’ राखेका छन्, जसको नाम डोल्पा जिल्लाको सबैभन्दा पुरानो स्याम्लिङ् गुम्बाको नामबाट राखिएको हो । स्याम्लिङ्लाई समुन्द्री सतहबाट ४१७१ मिटरको उचाईमा समातिएको थियो भने यसको तौल ३३ केजी रहेको छ । दुबै वयस्क भालेहरू निकुञ्ज भित्रै समातिएका थिए र भू(उपग्रहसँग सीधा सम्पर्क भएको ‘जीपीएस कलर’ घाँटीमा जडान गरी एक घण्टा पछि उनीहरुकै बास्थानमा छाडिएका थिए ।
“पश्चिम पहाड भू–परिधि प्राथमिकतामा रहेको एक भूपरिधि हो जसमा डोल्पामा नेपालकै सबैभन्दा बढी हिमचितुवाको संख्या रहेको छ । ‘भूउपग्रह टेलिमेट्री कलरिंग’ को प्रयोग गरी अनुसन्धान र अनुगमनमा गर्नाले यस विशिष्ट प्रजातिको संरक्षण गर्न मद्दत पुर्याउनेछ” वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बताउनुभयो ।
यसैबीच, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराईले भन्नुभयो, “यी कलरहरूबाट प्राप्त तथ्याङ्क यस भू-परिधिमा रहेका हिमचितुवाको स्थानविशेष पर्यावरणका बारेमा बुझ्नका लागि महत्वपुर्ण हुनेछ साथै यस पश्चिम पहाड भू–परिधिमा हाल विद्यमान सूचनाको कमीका समस्यालाई न्यूनीकरण गर्न मद्दत पुर्याउने छ ।
पश्चिम पहाड भू–परिधिमा वन्यजन्तु जीवविज्ञ डा. रड्नी ज्याक्सनद्वारा सन् १९८० को दशकमा हिमचितुवाहरूको बानी(व्यहोराका बारेमा जानकारी लिनका लागि ‘बैज्ञानिक रेडियो कलर अभियान’ सञ्चालन गरे पश्चात यस भ(परिधिमा अहिले पहिलोपटक हो ‘भू(उपग्रह टेलिमेट्री अभियान’ सञ्चालन भएको हो।
कलर जडान गरे पछि जेबोरोङ्ग र स्याम्लिङ् दुबैलाई नेपाल सरकार र संरक्षण जीवविज्ञहरूद्वारा निकट रुपमा अनुगमन गरिनेछ । यस भूभागबाट लगभग कुनै तथ्याङ्क हाल उपलब्ध नभएकाले झन्डै चार दशक पश्चात भएको यस कार्यबाट प्राप्त हुने सूचनाले हिमचितुवाको हिँडडुलको तरिका, बासस्थानको प्रयोग र प्राथमिकताहरू र पश्चिमी हिमालयमा यस प्रजातिको आवास क्षेत्रबारे जानकारी प्रदान गर्ने, जसका माध्यमबाट भविष्यमा संरक्षणका लागि महत्वपुर्ण बासस्थान र जैविकमार्ग पहिचानका साथै अन्तर्देशीय बासस्थान र जलवायु उत्थानशील बासस्थान पहिचान गर्न मद्दत पुग्ने कुरामा संरक्षणविद्हरू आशावादी छन् ।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा। घनश्याम गुरुङ्गले भन्नुभयो, ूदेशभरि बढ्दो पूर्वाधार बिकाससँगै कलरिंगबाट प्राप्त सूचना हिउँचितुवाको बासस्थानमा पूर्वाधार बिकासले पारेका प्रभावहरु, मानव हिमचितुवा बीचको सम्बन्ध र न्यूनीकरण उपायहरु पहिचान गर्न महत्वपूर्ण हुनेछ । यसबाहेक, विश्वव्यापी हिमचितुवा तथा पर्यावरण संरक्षण कार्यक्रम (जीएसएलइपी) लाई योगदान पुर्याउनुका साथै जलवायु परिवर्तनका बीच नेपालमा हिमचितुवा संरक्षण कसरी अगाडि बढ्नेछ भन्ने कुरामा पनि महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।”
नेपाल सरकारको नेतृत्वमा सञ्चालन भएको यस अभियानमा डब्लुडब्लुएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय हिमचितुवा संरक्षण समितिका नागरिक वैज्ञानिकहरूको साझेदारी रहेको थियो। डब्लुडब्लुएफ(युके, डब्लुडब्लुएफ बेल्जियम, डब्लुडब्लुएफ क्यानडा र डब्लुडब्लुएफ अष्ट्रेलियाद्वारा यस कार्यका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै