काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीमा रहेका छ जना अध्यक्षका कारण एकीकरणमा ढिलाई भएको बताएका छन् ।
एकीकरणका लागि राजपा नेपालका छ जना अध्यक्षकै बीचमा कुरा मिलेको छैन, उनले भने, राजपा नेपालमा छ जना अध्यक्ष हुनुहुन्छ, दुई चार जना एकीकरणका लागि लागिपर्नु भएको छ भने केही एकीकरण नहोस् भनि अभियानमा लाग्नु भएको छ ।’
उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका अध्यक्ष यादवले आज आफ्नै मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै राजपा नेपालले सरकार छाडेपछि मात्र एकीकरण हुने शर्तको कुनै तुक नरहेको पनि बताए । उनले भने, एकीकरणका लागि सत्ता मुख्य कुरा होइन, मैले पहिला नै स्पष्ट पारिसकेको थिए कि पहिला एकीकरण गरौं, त्यसपछि सरकारलाई के गर्ने नगर्ने, सरकारबाट हट्ने कि सरकारमा पार्टीबाट मन्त्री हेरफेर गर्ने त्यसको बारेमा पछि निर्णय गर्ने तर उहाँहरु सरकार छाड्ने शर्त बनाएर बस्नु भएको छ त्यसको तुक छैन ।’
समाजवादी पार्टीमात्र होइन, राजपा नेपाल समेत सरकारमा रहेको उनले स्पष्ट पारे । उनले भने, राजपा नेपाल पनि सरकारमा रहेको छ, प्रदेश २ को सरकारमा सहभागी रहनु भएको स्थानीय सरकारमा पनि सहभागी रहेको छ । त्यसैले सरकारको शर्त बनाउन हुँदैन ।’ उनले पहिला पार्टीभित्र कुरा मिलाएर मात्र एकीकरणका लागि अगाडि बढ्न पनि सुझाव दिए ।
उनले एकीकरणको कुरा खासै अगाडि नबढेको, दुवै पार्टीका नेताहरु उपचुनावमा लागेका कारण कुराकानी र छलफल नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने
उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै
रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव
राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको आक्रोश