९९ प्रतिशत मतदान

बुधबार, २४ माघ २०७४, १५ : ४५
९९ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज बिहान १० बजेबाट सुरु भएको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार करिब ९९ प्रतिशत मतदान भएको छ । ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र प्रवेश गर्ने मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल १६ सय ७७ जना मतदाता रहेकामा हालसम्म १६ सय ६३ जना मतदाताले मतदान गरिसकेका छन् । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् । प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस