सांसद किसानद्वारा विकास कोषको बजेट बाँडफाँड

शुक्रबार, ०६ मंसिर २०७६, १७ : १८
सांसद किसानद्वारा विकास कोषको बजेट बाँडफाँड

तनहुँ । तनहुँको क्षेत्र नम्बर १ मा आर्थिक वर्ष२०७६/०७७७ सांसद विकास कोषको बजेट बाँडफाँड गरिएको छ । प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले स्थानीय विकास साझेदारी योजना  २०७६/०७७ का लागि प्राप्त छ करोड रुपैयाँ बजेट आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजनामा बाँडफाँड गरेका हुन् । 

सांसद विकास कोषको बजेट व्यास नगरपालिकाको १, ३, ४, ७, ८ र १२ नम्बर वडाका लागि १ करोड ६५ लाख, भानु नगरपालिकाको ५, ८, १०, ११, १२ र १३ का लागि १ करोड ६४ लाख ६० हजार, बन्दीपुर गाउँपालिकाको २, ३ र ४ वडाका लागि ८५ लाख, आँबुखैरनी गाउँपालिकाका २, ३, ५ र ६ वडाका लागि ९५ लाख र देवघाट गाउँपालिकाको २, ३, ४ र ५ वडाका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विनियोजित बजेट मध्ये व्यास नगरपालिकाको परासर मोटरमार्ग कालोपत्रेका लागि ५० लाख, कालिका मोटरमार्गका लागि ५० लाख, दमौली मुस्लिम समाज भवन निर्माणका लागि १५ लाख, राधेराधे अधुरो भवन निर्माणका लागि १० लाख, आदिवासी जनजातिको अधुरो भवन निर्माणका लागि १० लाख, क्षत्री समाज अधुरो भवन निर्माणका लागि १० लाख, बोटेटार खानेपानी आयोजनाका लागि १० लाख र विपि विचार समाज अधुरो भवन निर्माणका लागि १० लाख रुपैयाँ उपलब्ध गराइएको छ । 

यस्तै, भानु नगरपालिकाको भिसि शेर बहादुर मोटरमार्ग कालोपत्रेका लागि १ करोड, भतेरेपुछार कालिमाटी खोल्सी खानेपानी आयोजनाका लागि १५ लाख, नगरपालिका स्तरीय कालिमाटी अस्पताल भवन निर्माणका लागि १४ लाख ६० हजार, छतीमाने खानेपानी तथा सरसफाई आयोजनाका लागि १५ लाख, मिर्लुङकोट भँयेर थान मन्दिर निर्माणका लागि १० लाख, मानेचौका आमा समुह भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सांसद श्रेष्ठले बन्दीपुर गाउँपालिकाको बन्दीपुर वडा कार्यालय पित सडक निर्माण (वडा नं. २ र ३ जोड्ने) ५० लाख, ढापे विरुवा मोटरमार्ग स्तरोन्नतीका लागि १० लाख, विमलनगर मरन घाट मोटर मार्गका लागि १५ लाख खड्गदेवी मन्दिर तामाको पाता छानो निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै, आँवुखैरेनी गाउँपालिकाको राम शाह मरण घाट निर्माणका लागि ५० लाख, बौद्ध गुम्वा समाज भवन निर्माणका लागि १५ लाख, मार्किचोक नयाँ गाउँ डुम्रिखर्क मोटरमार्ग तथा हिलेखर्क आमा समुह भवन निर्माणका लागि २० लाख, जय डाँडा दुम्सिढुंगा वालुङ बेशी मोटरमार्गका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।   यस्तै, सांसद श्रेष्ठले जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि ५ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएका छन् ।

देवघाट गाउँपालिकामा देवघाट साउने कर्ताप मोटरमार्गको लागि ४० लाख, आमडाँडा मोहरिया लब्दी दोभान मोटरमार्गको लागि १५ लाख, देउपुर सामुदायिक भवन निर्माणका लागि १० लाख, कोट बैदी मास्दी खानिभित्ता मोटरमार्गका लागि १० लाख, छिपछिपे आमा समुह भवन निर्माणका लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस