काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । प्रधानमन्त्री श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति बुझाएको भोलिपल्ट राजीनामा गर्नेगरी निकटहरुसँग छलफल चलाएका हुन् ।
निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।
प्रतिक्रिया दिनुहोस