मध्यपुरथिमि । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
यही मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँडेललाई मत माग्न आज वागेश्वरीमा काँग्रेसले आयोजना गरेको घरदैलो कार्यक्रममा थापाले उपनिर्वाचनले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सरकारले जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाउनुभयो । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताले काँग्रेसले पैसा बाँडेको अफवाह फैलाउने गरेको आरोप लागउनुभयो ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डिला सङ्ग्रौला, कमला पन्त, काभ्रे काँग्रेसका सभापति मधु आचार्यलगायत भक्तपुर जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, क्रियाशील सदस्यहरु, शुभेच्छुकहरु, स्थानीयवासीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ मंसिर २०७६, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
पहिला विगतका सम्झौता कार्यान्वयन होस् : गगनकुमार थापा
कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा
नेपाली काँग्रेस प्रतिपक्षमै रहने
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछ : महामन्त्री थापा