काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए ।
नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको थापाले बताए । उनले भने, ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन । काँग्रेस भित्रको फोहोर सफा गर्ने सन्दर्भमा काँग्रेस भित्रको फोहोर थोरै छ । काँग्रेस भित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ ।’
महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
पहिला विगतका सम्झौता कार्यान्वयन होस् : गगनकुमार थापा
नेपाली काँग्रेस प्रतिपक्षमै रहने
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछ : महामन्त्री थापा
गगन थापाले केन्द्रीय कार्यसमितिमा पेश गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका