काठमाडौँ । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना७ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज९प ५४६१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश साहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २९ कार्तिक २०७६, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु