काठमाडौँ । नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि समूह परित्याग गरेको बताउनुभयो । एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताउनुभयो । “पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, चन्द समूह परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ”, महतोले भन्नुभयो । आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ कार्तिक २०७६, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
माओवादीसँगको एकताबाट भागेको छैन : विप्लव
भारत, अमेरिका र युरोपको रवैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ : ‘विप्लव’