राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् ।
वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।
राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्रअनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव मण्डलले बताउनुभयो । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।
उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु