राज्यलाई सघाउन चाहन्छु : कलाकार धुर्मुस

मंगलबार, २३ माघ २०७४, १४ : ५८
राज्यलाई सघाउन चाहन्छु : कलाकार धुर्मुस

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले पद र नाम होइन, काममा रमाउन चाहने बताएका छन् । रौतहटको सन्तपुरमा निर्मित एकीकृत नमुना बस्ती हस्तान्तरण कार्यक्रममा उनले दुई वर्षमा १७ करोड रुपैयाँ असाधारण सहयोग जुटेर चारवटा बस्ती बनेको बताए । “स्कुले नानीका टिफिन खर्चले बस्ती बनायौं । खाडी र सीमानापारिका आँसु अनि पसिनाले बस्ती बनायौँ । हामीले इँट्टा–सिमेन्ट होइन, सम्पूर्ण नेपालीको मन जोड्यौं,” उनले भने ।

व्यक्ति इमान्दार नभए समृद्ध नेपाल शब्दमा मात्रै सीमित हुने भन्दै उनले पुनर्निर्माण कछुवा गतिमा किन ? भनेर राज्यलाई प्रश्न गरे । “म राज्यलाई सघाउन चाहन्छु । हरेक साल पहाडमा पहिरो जान्छ र मधेसमा बाढी आउँछ तर पूर्वतयारी छैन,” उनले भने, “सबैले सोध्छन्, धुर्मुस सुन्तली के गर्छन् भनेर ? अब नमुना नेपाल बनाउँछौं ।”

सरोकारवाला इमान्दार भइदिएको भए धुर्मुस सुन्तलीले चार बस्ती बनाउन पर्दैनथ्यो भन्दै उनले यो देश बनाउने सन्देश भएको बताए ।

प्रतिक्रिया दिनुहोस