७० वर्षीया महिला बलात्कार आरोपमा युवा समातिए, भक्तपुरमा दुई युवती एउटै कोठामा बलात्कृत

मंगलबार, २३ माघ २०७४, १४ : ५२
७० वर्षीया महिला बलात्कार आरोपमा युवा समातिए, भक्तपुरमा दुई युवती एउटै कोठामा बलात्कृत

काठमाडौं । मदिरा सेवन गरी ७० वर्षिया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । घोरपझोङ गाउँपालिका–१ चिमाङका ३१ वर्षीय सुनबहादुर बिकले स्थानीय ७० वर्षिया महिलालाई जवरजस्ती करणी गरेको भन्दै स्थानीयबासी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका युवाले आइतबार ती महिलालाई करणी गरेको भन्दै सोमबार बेलुका प्रहरीको जिम्मा लगाइएको हो । प्रहरी नियन्त्रणमा रहेका विकको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उता, सुनसरीमा पनि युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई रहेका छन् ।  गत पुस १३ गते धनकुटाको चौबिसे गाउँपालिका–५ की एक युवतीलाई धरानमा जवरजस्ती करणी गरेको भन्ने उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना भएको एक महिनाभन्दा पछि उजुरी आएकाले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भक्तपुरबाट प्रहरीले १४ वर्षिया २ युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको बरहथवाका २२ वर्षीय अमिर पण्डित र सोही ठाउँका २८ वर्षीय सन्दिप रायलाई प्रहरीले युवतीलाई जवरजस्ती करणी परेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

उनीहरुले सोमबार राति भक्तपुरको सूर्यविनायक नगरपालिका सिर्जनानगरमा सिन्धुपाल्चोक बाह्रबिसेकी १५ वर्षीया एक युवती र मध्यपुर ठिमी नगरपालिका–८ चपाचोककी १४ वर्षीया अर्की युवतीलाई कोठामा लगेर जवरजस्ती करणी गरेको उजुरी परेका कारण उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस