बर्दिया । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताउनु भएको छ ।
मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पु(याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताउनुभयो । ‘हिजोका दिनमा योजनाहरु धेरै बने । भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुग्यो, उहाँले भन्नुभयो, ‘ अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिईसकेको छु ।’
‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं ।’ उहाँले जोड दिंदै भन्नुभयो, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ कार्तिक २०७६, १७ : १४
लेखकबाट थप