बलेवा । आगामी मङ्सिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ ।
क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले कुनै पनि मतदानस्थल सामान्य नरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । पच्चीस मतदानस्थलमध्ये आठ वटा मतदानस्थल अति संवेदनशील र १७ मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो ।
मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना बनाइएको उहाँले बताउनुभयो । “हामीले योजना बनाएर माथि पठाएका छौँ, सोहीअनुसारको तयारी हुन्छ”, उहाँले भन्नुभयो, “अति संवेदनशील र संवेदनशील केन्द्रको तयारी पनि सोहीअनुसारको हुन्छ ।” भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता, सरकार विरोधी शक्तिका गतिविधि र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको क्षेत्रीले बताउनुभयो ।
“मङ्सिरमा हुने निर्वाचनमा हिउँ परेर वा चिसोका कारण पनि सुरक्षा संवेदनशीलता हुन सक्छ”, उहाँले भन्नुभयो, “हाम्रो निर्वाचन हुने क्षेत्र उच्च भू–भागमा पर्छ सोहीअनुसारको योजना बनाएका छौँ ।” निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै खाले तयारी गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन घेरामा सुरक्षा दिने क्षेत्रीले सङ्केत गर्नुभयोे । दलीय अस्वस्थ्य प्रतिस्पर्धाका कारणले सो निर्वाचन क्षेत्र थप चुनौतीपूर्ण मानिन्छ भने भौगोलिक हिसाबले पनि निकै विकट क्षेत्र हो । निर्वाचन हुने सबै गाउँमा यातायातका साधनको सरल पहुँच नभएका कारणले पनि सुरक्षामा चुनौती हुन सक्छ ।
प्रदेशसभा सदस्यमा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि क्षेत्र नं २ (ख) खाली छ भने बडिगाड–२ मा निर्वाचित अध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त वडा खाली भएको हो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु