काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताउनु भयो ।
सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
सरकारलाई शिक्षा समितिको निर्देशन- त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नू
विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमाथि कडाइ गर्दै शिक्षा मन्त्रालय
३ दिन विद्यालय बन्द गर्न सरकारको आग्रह