सल्यान । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई वर्षभित्र कर्णालीको कुनै पनि नागरिक अँध्यारोमा बस्न नपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सल्यानले सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले आगामी दुईवर्षभित्रमा कर्णाली उज्यालो बनाउने उद्घोष गर्नुभएको छ ।
कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनको भनाइ थियो ।
‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युत्को पहुँचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन,’ मन्त्री पुनले भने । अहिले कर्णालीका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको पनि मन्त्री पुनले जानकारी दिए ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले विद्युतीकरणलाई पहिलो प्राथमिकता दिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : वर्षमान पुन
ओलीलाई वर्षमानको प्रश्न- भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छ : वर्षमान पुन
वर्तमान व्यवस्थाको हकदार माओवादी हो: उपमहासचिव वर्षमान पुन
ओलीबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ : वर्षमान पुन