गुलरिया । गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् ।
घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनुभयो ।
गुलरिया बजार क्षेत्रमा सडक विस्तारको क्रममा सडक क्षेत्र मिचेर बनाएका घर आंशिकरुपमा भत्काएर पुनःनिर्माणाधीन गर्दा छत भत्किँदा किचिएर मालिक भवीको मृत्यु हुनुको साथै दुई कामदार गम्भीर घाइते भएका हुन् । उनीहरुको प्रहरीले उद्धार गरेको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २० कार्तिक २०७६, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो
तीव्र गतिको मोटरसाइकल टिपरमा ठोकिँदा युवकको मृत्यु