काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो ।
दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मृत्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो ।
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ कार्तिक २०७६, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते