देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय केन्द्रको रुपमा स्थापित गराउनुपर्छ :अध्यक्ष प्रचण्ड

सोमबार, २२ माघ २०७४, १७ : १९
देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय केन्द्रको रुपमा स्थापित गराउनुपर्छ :अध्यक्ष प्रचण्ड

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताउनु भएको छ । 

ग्लेश्वर आश्रमद्धारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ‘देवघाटको सम्बन्ध ईतिहास ,पौराणीककाल र परम्परासगँ छ ’ अध्यक्ष प्रचण्डले भन्नुभयो,देशको आर्थिक मरुदण्ड भनेको पर्यटन हो । देवघाटलाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकार प्रतिबद्ध छ ।’
देवघाट दक्षिण एसियामा मात्र नभई अन्तराष्ट्रिय स्थरको पर्यटकीय केन्द्र निमार्ण गर्नु पर्ने बताउनुभयो ।  बामपन्थीहरु शान्ति र सु व्यवस्थाको निम्ति समर्पित भएर काम गर्न चाहेको उहाँको भनाई थियो । 

चिन्तन र विर्मशले समाजमा एउटा नैतिक मुल्य स्थापित गर्न सक्ने भन्दै उहाँले यसले विभिन्न खाले विकृति ,विसंगतिहरुको अन्त्य गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । समाजमा शन्ति,सुव्यवस्था र आर्दश तर्फ उन्मुख गर्नु पर्ने जोड दिदै अध्यक्ष प्रचण्डले भन्नुभयो, आध्यात्मिक चिन्तनतर्फ सबै जनाले अझै बढी विचार ,विर्मश गरेर ,यसको मुल्य स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

देवघाटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी अन्तराष्ट्रिय पर्यटक भित्राएर देवघाटसगँ जोडिएका चितवन र नवलपुरलाई आर्थिक टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
बामपन्थी सरकार निमार्ण भएसगै देवघाटको विकासको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति सकारात्मक छ । यहाँको समस्या समधान गर्न सरकारसगँ छलफल गर्ने जानकारी दिनुभयो । देवघाटको भैतिक सुविधाको विकास गर्ने ,गरिमा बढाउने कार्यमा कुनै कसुर बाकी नराख्ने उहाँको भनाई थियो ।

वेद बेदाङ विद्यालयको शिल्यानास
पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटमा निमार्ण हुन लागिरहेको वेद वेदाङग विद्यालयको शिल्यानास गर्नुभएको छ । ग्लेश्वर आश्रामले १० कठ्ठा क्षेत्रफलमा विद्यालय निमार्ण गर्न लागेको छ । ५ करोड खर्च अनुमान गरिएको भवन निमार्ण गर्न २ बर्ष समय लाग्ने बताईएको छ । महायज्ञबाट संक लन हुने चन्दा र दाताहरुको सहयोग मार्फत विद्यालय निमार्ण गर्ने लक्ष्य लिईएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । नेपाल संकृत विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा संचालनमा ल्याउन लागिएको विद्यालयमा आर्चाय सम्म अध्ययन गर्न सकिने पौडेले बताउनुभयो ।
 

शहिद परिवारसगँ अन्तरक्रिया
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाट गाउँपलिकामा रहेका शहिद परिवारसगँ अन्तरक्रिया गर्नुभएको छ । सो कार्यक्रममा जनयुद्धका समयमा परिवारका सदस्य गुमाउन पुगेका आफन्तहरुको गुनासो राखेका थिए । अध्यक्ष प्रचण्डले शहिद परिवारलाई राज्यले उचित क्षतीपुर्ती र व्यवस्थापन गर्ने बताउनुभयो । शहिद परिवारले पाउनुपर्ने सेवा सुविधाको लागि आफु गम्भिर रहेको उहाँको भनाई थियो ।
 

अगुवा कार्यकर्ता भेला
माओवादी अध्यक्ष प्रचण्डले अब यात्रा समृद्ध नेपाल निमार्णको रहेको बताउनुभएको छ । भरतपुरमा अगुवाकार्यकर्तालाई सम्बोधन गर्दै उहाँले अबको ५ बर्षमा देशले काचुली फेर्ने दाबी गर्नुयभो । उहाँले भन्नुभयो–पाटी एकता र सरकार निमार्ण सगंसगै हुन सक्छ । पाटी एकताको लागि लिडरशिप लेभलमा गम्भिरता पुर्वक छलफल अगाडी बढीरहको उहाँको भनाई थियो । सके सम्म सरकार गठन अघि नै पाटी एकताको पक्षमा छलफल चलिरहेको जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस