यस्ता छन् महराविरुद्ध प्रहरीले जुटाएको ६ प्रमाण

सांसद उमा रेग्मीको वयानदेखि चश्माको पावरसम्म प्रमाणका रुपमा अदालतमा पेश

सफल खबर संवाददाता

शुक्रबार, १५ कार्तिक २०७६, ०७ : ५४
यस्ता छन् महराविरुद्ध प्रहरीले जुटाएको ६ प्रमाण

फाईल फोटो

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महराको थुनछेक बहस आज हुने भएको छ । १२ असोजमा आफनै कार्यलयकी कर्मचारी रोशनी शाहीमाथी महराले बलत्कार प्रयास गरेको भन्दै प्रहरीले हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले २० दिनसम्म लगाएर गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालय मार्फत अदालतमा बुझाएको अभियोगपत्रमा महराविरुद्ध ६ वटा प्रमाणका आधारमा महरा विरुद्धको आरोप प्रमाणित हुने जिकिर गरिएको छ । तर महराले भने यी सबै आरोप आफुलाई फसाउन गरिएको भन्दै निकाल्दै आएका छन् ।

उनको थुनछेक बहस आज भएपछि उनी साधारण तारखेमा छुटने, पूर्वक्षका लागि जेल जानेमध्ये एक निर्णय न्यायधिसले लिनेछन् ।

यस्ता छन् प्रहरीले जुटाएको ६ प्रमाण :
प्रमाण नंम्वर १ : घटनाका रात लिएको भिडियो रेकर्ड 

महराले वलत्कार प्रयास गरेको भनिएकी पीडित महिला रोशनी शाहीले आफुमाथी बलत्कार प्रयास भएको भन्दै प्रहरीको एक सयमा गरेको फोन र त्यसपछि सोही रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई महराविरुद्धको पहिलो र वलियो प्रमाणका रुपमा अभियोगपत्रमा उल्लेख गरिएको छ । ३८ पृष्ठ लामो अभियोगपत्रमा प्रहरीले यसलाई पहिलो र सवैभन्दा बलियो प्रमाणका रुपमा पेश गरेको छ ।

जाहा पीडित महिलाले महराले आफुलाई बलत्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको उल्लेख गरेकी भिडियो रहेको प्रहरीको जिकिर छ । असोज १२ मा महराले आफैले बोकेर ल्याएको रक्सी खाएर बलत्कार प्रयास गरेको रोशनीले प्रहरीलाई बताएकी थिइन् ।

प्रमाण नम्वर २ : महराको चस्माको पावर र रोशनीको कोठामा बरामद चस्माको पावर म्याच

प्रहरीले महराविरुद्धको तथ्य खोजीका क्रममा जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा, चस्माको भाचिएको खुटटा लाई पनि प्रमाणका रुपमा अगाडी सारेको छ । खासगरी महराले अहिले लगाईरहेको चस्माको पावर र रोशनीको कोठामा बरामद भएको फुटेको चस्माको सिसिको पावर एउटै भएको जाँचवाट देखिएको प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको छ ।

चस्माको सिसा र डन्डी आइ केयर अप्टिक्समा जाँच गराउदा प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डी वाइफोकल र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर प्लस पनि २.७५ भएको डी वाइफोकल मिलेको प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको छ ।

तर यसमा महराले पूरानो चस्मा देखाएर आफुलाई फसाउन खोजिएको तर्क गरिरहेका छन् ।

प्रमाण नम्वर ३ :  पीडित महिलाको घाउचोट रिपोर्ट

पीडित महिलाको अनुहार र शरीरको घाउचोट र त्यसको रिपोर्टलाई त्यसपछिको तेश्रो बलियो प्रमाणका रुपमा प्रहरीले प्रस्तुत गरेको छ । शाहीले स्वास्थ्य चाँज गर्न जादा डाक्टरलाई दिएको बयानलाई आधार बनाएर तेश्रो प्रमाणका रुपमा घाउचाज रिपोटलाई लिईएको प्रहरीको दावी छ ।  प्रहरी अभियोगपत्रमा भनिएको छ, –‘र मलाई धेरैपटक अनुहारमा हिर्कायो । मैले उसको प्याण्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनेँ त्यसपछि भने ऊ किचनको ढोकाबाट भाग्यो । मलाई यसो गर्दा ऊ रक्सी खाएर मातेको थियो ।’ यो सम्वाद घाउचाज गर्ने वेला रोशनीले डाक्टरका सामु वयानका क्रममा दिएको भन्दै प्रहरीले यसलाई तेश्रो प्रमण बनाउन खोजेको छ ।

प्रमाण नम्वर ४ : कांग्रेस सांसद उमा रेग्मीले प्रहरीमा गरिदिएको कागज

प्रहरीले कांग्रेससांसद उमा रेग्मी अधिकारीको बयानलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । महराले आफूलाई बलात्कार गर्न खोजेको नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी भनेर कांग्रेस सांसद उमा रेग्मीले प्रहरीसँग कागज गरिदिएकी छिन् । प्रतिपक्ष सांसद रेग्मीले प्रहरीमा गरेको यही कागजलाई पनि प्रहरीले चौथो प्रमाणका रुपमा पेश गरेको छ ।

प्रमाण नम्वर ५ : हाम्रा कुरा डटकमका पत्रकार अजयवावु शिवाकोटीको कागज

हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीले प्रहरीलाई गरिदिएको कागज पनि प्रहरीले प्रमाणका रुपमा पेश गरेको छ । घटना सार्वजनिक गर्न भूमिका खेलेका पत्रकार सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाणका रुपमा प्रहरीले अगाडी सारेको छ । शिवाकोटीले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल, रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा प्रहरीले मिसिल संलग्न गरेको छ ।

प्रमाण नम्वर ६ : सुरक्षाकर्मीका वयान, सिसिटिभि फुटेज

प्रहरीले महराको सुरक्षामा रहेका सुरक्षाकर्मी देखि सिसिटिघि फुटेजलाई पनि प्रमाणका रुपमा पेश गरेको छ । महराले आफु त्यस दिन रोशनीको कोठामा नगएको वयान दिईरहेपछि प्रहरीले सुरक्षाकर्मीको वयान र सिसिटिघि फुटेज लाई पनि प्रमाणका रुपमा पेश गरेको हो ।

सिसिटिघि फुटेजमा महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको जिकिर छ । महरा त्यसक्रममा त्यहा पुग्दा बाटोको गल्लीमै छोडिएका सुरक्षाकर्मीका वयानलाई पनि प्रहरीले प्रमाणका रुपमा पेश गरेको छ । 

प्रहरीले सरकारी उच्च ओहोदामा वसेर मर्यादाविपरित महिला बलत्कार प्रयास गरेको भन्दै अभियोग दर्ता गराउने क्रममा यस अपराधमा हुने सजायाका डेड गुणा थप सजाया हुनुपर्ने जिकिर समेत गरेको छ । यसो गर्दा प्रहरीले महराविरुद्ध साढे ७ वर्ष कैदको सजाया माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस