अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्छ : प्रचण्ड

सोमबार, २२ माघ २०७४, १० : ५३
अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अधक्ष्य प्रचण्डले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताउनु भयो ।

उहाँले एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।”

उहाँले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि  एकता हुने बताउनु भयो । त्यस्तै उहाँले दवै पार्टीको एकता सम्मान जनक पनि हुने बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस