कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ : अध्यक्ष ओली

बुधबार, २९ कार्तिक २०७४, १८ : ५८
कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ : अध्यक्ष ओली

 

 

 लमजुङ ।  नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताउनुभएको छ ।  वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताउनुभयो ।

    उहाँले एमाले र नेकपा ९माओवादी केन्द्र०ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताउनुभयो । देशको विकासलाई नयाँ उचाइमा पु¥याउन वामपन्थी दलले जित्नुपर्ने उहाँको भनाइ थियो । “स्थायी सरकार र सुशासनका लागि वाम गठबन्धन भएको हो” – उहाँले भन्नुभयो ।

    नेता ओलीले अनावश्यक विवाद र बहसमा अल्झिन नहुने भन्दै जनता अलमल्याउन खोज्नेहरूलाई पराजित गर्दै संगठित हुन आग्रहसमेत गर्नुभयो । मुलुकलाई अगाडि बढाउन सक्ने संकल्प वामपन्थीमा मात्र भएको उहाँको भनाइ थियो ।     अस्थिर सरकारले मुलुकको विकास हुन नसकेको स्वीकार्दै उहाँले अब वामपन्थीको बहुमतको सरकार बन्ने र मुलुक विकासतर्फ अघि बढ्ने पनि बताउनुभयो ।

    कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट लमजुङमा प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएको देव गुरुङले कम्युनिष्टले नेतृत्व गरे मुलुक विकास पथमा अगाडि बढ्ने बताउनुभयो । लमजुङका प्रदेश ९ख०का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले कसैलाई प्रधानमन्त्री र कसैलाई मुख्यमन्त्री बनाउन वाम एकता नभएको बताउनुभयो ।
 

 

प्रतिक्रिया दिनुहोस