कुरा भन्दा काम गर्ने संकृति निमार्ण हुदैछ :प्रमु्ख दाहाल

शुक्रबार, १९ माघ २०७४, १७ : ०३
कुरा भन्दा काम गर्ने संकृति निमार्ण हुदैछ :प्रमु्ख दाहाल

चितवन / भरतपुर महानगरका प्रमु्ख रेनु दाहालले अब कुरा भन्दा काम गर्न अग्रसर हुने बताउनु भएको छ । नगरप्रमुख प्रमुख भएपछि केहि महत्वपुर्ण कार्यहरु भई गरेको भन्दै उहाँले नतिजामुलक काम गर्न आफु लागि रहेको जानकारी दिनुभयो । उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभयो । महानगरले यस आर्थिक बर्षमा भरतपुर महानगरको सडक निमार्ण गर्ने,सिटि हल तथा रिङरोडको कार्यलाई तिव्र गतिमा बढाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अबको केहि समयमा टेन्डर आहवान गरिने छ । सरसफाई ,खाने पानी ,ढल व्यवस्थापन तथा सडक बत्तीको मर्मतलाई प्रथामिकतामा राखिएको छ ।” पुरानो सोच ,मानसिकता र कर्मचारतन्त्रले गर्दा जनताले चाहे अनुसारको काम गर्न नसकिएको र देश संघियतामा गए सगै केहि कानुनी स्पष्ट नभएकाले ,त्यसतै स्थानिय तहको लागि ठोस कानुन बन्न नसकको कारणले गर्दा सोचे अनुरुप कार्य संचालन गर्न नसकिएको बताउनुभयो । भरतपुरको समस्याको रुपमा रहेको फुटपात ,३ पाङग्रे यातायत , सडक बत्ती ,पार्किङको व्यवस्थापनको लागि सरोकार निकायसगँ छलफल गर्दै छिट्टै निचोडमा पुग्ने बताउनुभयो । उहाले भन्नुयभो,“दिर्घकालिन सोचका साथ महानगरका समस्यालाई समधान गर्न कार्यदल बनाएर काम हुदै छ । त्यसका लागि निजि क्षेत्रको  समन्य र सहकार्यको खाचो छ ।”उहाँले भन्नुभयो, “स्थानिय सरकारलाई मजबुद बनाउन उद्योग बाणिज्य सघंको भुमिका महत्वपुर्ण छ ।

महानगरले विकासको लक्ष्य लिएको छ त्यसमा निजि क्षेत्रको सहकार्य विना सम्भव छैन ।” कार्यक्रममा बोल्दै उद्योग बाणिज्य सघं चितवनका पुर्व अध्यक्ष महेन्द्रलाल प्रधानले समय क्रमअनुसार उद्योग बाणिज्य सघंले आफ्नो् भुमिकालाई परिर्वत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायीको हक हित र देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नु पर्ने समय आएको बताउनुभयो । त्यसतै उवासघंका पुर्व अध्यक्ष डा तिलचन्द्र भट्टराईले उवासघंलाई पुर्नसंरचना गरि व्यवसायलाई , प्रतिस्प्रधी ,गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो ।  अब नयाँ ढङगबाट व्यवसायलाई अगाडी बढाउदै आर्थिक क्रान्ती गर्नु पर्नेमा उहाँको जोड थियो ।

उद्योग बाणिज्य सघं चितवनका निर्वतमान अध्यक्ष राजन गौतमले भरतपुर महानगरका २९ वटा वडामा महानगरले ढल ,पानी ,बाटोको बिषयमा अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । त्यसतै नेपाल अन्सन्धान चिकित्सक सघंका केन्द्रिय उपाध्यक्ष डा भोजराज अधिकारीले स्वाथ्यको बारेमा जानकारी लिन भरतपुर महानगरको २९ वटा वडामा नै निः शुल्क स्वास्थ्य शिविरको आयोजना गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसै बिच उद्योग वाणिज्य सघं चिनवनको ५८ औ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदानमा  ३ महिला सहित ४३  जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस