काठमाडौँ । राजधानीको पशुपति क्षेत्रमा दुई वटा बम फेला परेको छ । शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटोमा बम फेला परेको हो ।
बम फेला परेको खबर पाएसँगै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको छ ।
सो बम सकेट बम भएको पशु्पति क्षेत्र विकास कोषका एक अधिकारीले जानकारी दिए ।
देशभर संविधान दिवस मनाइरहेको बेला बम कसले र किन राख्यो भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०७६, १९ : ३६
लेखकबाट थप