काठमाडौ । नेकपा माओवादी केन्द्रले दोस्रो पटक ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ सम्बन्धी कार्य तालिका हेरफेर गरेको छ ।
पार्टी महासचिव देव गुरुङ पार्टीको आन्तरिक विषय मिलाउन कार्यतालिका सामान्य हेरफेर गरिएको बताए । उनका अनुसार महोत्तरीदेखिका कार्यक्रमको समय तालिका परिवर्तन गरिएको हो ।
स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका संशोधन गरिएको उनको भनाइ छ ।
संशोधित कार्यकालिका अनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहट– फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।
चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन ।
यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । अब १२ गतेमात्रै सकिने भएको माओवादीको भनाइ छ । यसअघि चैत ७ मै सकिने भनिएको थियो । माओवादीको फागुन १२ देखि अभियान हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत