आफ्नो तर्फबाट निर्वाचन आचार संहिताको पूर्ण पालना गर्छु : अध्यक्ष दाहाल

बुधबार, २९ कार्तिक २०७४, १३ : ३७
आफ्नो तर्फबाट निर्वाचन आचार संहिताको पूर्ण पालना गर्छु  : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तर्फबाट निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज यहाँ आयोजना गरेको निर्वाचन व्यवस्थापन एबं आचार संहिता सम्बन्धि प्रतिनिधि सभा सदस्य एबं प्रदेश सभा सदस्यका उम्मेदवार संग गरिएको अन्तरकृया कार्यक्रममा उहाँले आफ्नो र बाम गठबन्धनका तर्फबाट अन्य दल र उम्मेदवारहरु संग पनि सहकार्य गरिने प्रतिबद्धता जनाउनु भएको हो ।

चितवन जिल्लामा राम्रो, स्वस्थ प्रतिश्पर्धा  द्धारा शान्तिपूण ढङ्गले निर्वाचन सम्पन्न हुने बिश्वास व्यक्त गर्नु भयो । चितवन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएका दाहालले भन्नु भयो “मेरो तर्फबाट आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”जिल्लामा दलहरुको नेताका बिचमा सौहार्दपूण सम्बन्ध रहदै आएको भन्दै उहाँले कुनै खालका अफ्ठ्यारो नआउने बिश्वास व्यक्त गर्नु भयो ।

सबै जान हामी हार्दिक रहेको भन्दै उहाँले स्वस्थ ढङ्गले प्रतिश्पर्धा हुने बिश्वास व्यक्त गर्नु भयो । चितवनबाट पहिलो पटक प्रतिश्पर्धा गर्न लागेको भन्दै उहाँले भन्नु भयो “म चाहान्छु की हामी सबैले आचार संहितको पालनालाई स्वच्छ बनाउने कुरमा पनि हाम्रो बिचमा प्रतिश्पर्धा नै हुने छ ।”  निर्वाचन कसरी स्वच्छ र शान्तिपूर्ण बनाउने भन्ने कुरामा सबै सजग रहेको बिश्वास उहाँले व्यक्त गर्नु भयो । लोकतान्त्रीक गणतन्त्र अन्तर्गत पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई राम्रो संन्देश दिने गरि सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

बाम गठबन्धनका तर्फबाट एक प्रमुख नेताको हैसियतले उहाँले स्वच्छ निर्वाचन गराउन उपयुक्त बाताबरण बनाउने काममा ईमान्दारीताका साथ लाग्ने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गर्नु भयो । अरु सबैबाट पनि यस्तो अपेक्षा आफुले गरेको बताउनु भयो । कार्यक्रममा बन तथा भू संरक्षण मन्त्री बिक्रम पाण्डेले निर्वाचन ऐतिहासिक भएको भन्दै सफल बनाउन सबैले आचार संहिता पूर्णरुपमा पालना गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “आचार संहिताको अक्षरस पालना गर्न सबै लाग्नु पर्दछ ।” तत्कालीन समयमा खिलराज रेग्मि नेतृत्वको सरकारले गराएको जस्तो निश्पक्ष र धादली रहित निर्वाचन गराउन पनि उहाँले आग्रह गर्नु भयो । चितवन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रीक गठबन्धनका तर्फबाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवार समेत रहनु भएका पाण्डेले सरकारी तबरबाट हुने आबश्यक सुरक्षा प्रबन्ध प्रति निश्चिन्त हुन आग्रह गर्दै सबैको साथ र सहयोगबाट निर्वाचन निश्पक्ष र धादलीरहित हुने बताउनु भयो ।

सोहि अबसरमा शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले आर्थिक हिसाबले आचार संहिता उल्लघन बढि हुने भन्दै कडाईका साथ अनुगमन गर्नु पर्ने बताउनु भयो । चितवन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका अधिकारीकाले भरतपुर महानगरपालिकाको वडा नम्बर २९ का वडा सचिब वाटै आचार संहिता उल्लघंन भएको भन्दै तत्काल कारवाहि गर्न आग्रह गर्नु भयो । सो अबसरमा अन्य उम्मेदवारहरुले पनि सुझाब दिनु भएको थियो । चितवन जिल्लाको तीन निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा गरि ९८ जना उम्मेदवार रहेका छन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्मा र निर्वाचन अधिकृत शम्भू राज रेग्मिले निर्वाचन आचार संहिता, व्यवस्थापन र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्वाचन सुरक्षाका बिषयमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस