काठमाडौं । ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’का नाममा सिंहदरवारभित्रै ‘चन्दा आतंक’ मच्चाउँदै आएका मनोज पाण्डेलाई फेरि अर्काे धक्का लाग्ने भएको छ । प्रधानमन्त्रीलाई जोडेर सिंहदरवारभित्रै चन्दा आतंक मच्चाउँदै आएका पाण्डेले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार मामा विष्णु रिमालसँग सल्लाह गरी नयाँ अनलाइन सञ्चालनमा ल्याउने तयारी गरेका थिए ।
सिंहदरवारभित्रको चन्दा आतंक मञ्चाउने अस्त्र टेलिभिजन कार्यक्रम बन्द भएपछि उनको ध्यान सिंहदरवार बाहिरका ब्यापारीहरुमा पुगेको थियो । त्यसका लागि उनले प्रधानमन्त्री र सरकारको बचाउमा डिजिटल प्रविधिको अनलाइन सञ्चालनमा ल्याउन लागिएको र सहयोग गर्न ब्यापारी काहाँ धाउन थालेका थिए ।
दरवारमार्गमा कार्यलय खोलेर उनले करोडौं लगानीमा नयाँ अनलाइन सञ्चालनमा ल्याउन खोजेको छन् । आर्थिक र प्रशासनिक कामको सम्पूर्ण जिम्मा आफुले लिने र सम्पादनका लागि तत्काललाई रामेश्वर बोेहोरालाई अगाडी सारेर अगाडी बढने योजना पाण्डेले बनाएका थिए ।
त्यही अनुसार बोेहोराको नेतृत्वमा एकातिर अहिले टिम निर्माण गर्ने क्रम चलिनै रहेको छ भने अर्काेतिर प्रधानमन्त्रीलाई जोडेर विभिन्न ब्यापारीहरुसँग सहयोग गर्न भन्दै चर्काे आर्थिक डिल भईरहेको छ ।
यसका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल नै जोडिन थालेपछि अहिले अनलाइन शुरु नहुँदैको ‘आर्थिक आतंक’ ले ब्यापारीहरुमा तनाव सिर्जना गरेको छ । ‘प्रधानमन्त्रीको नाम लिदैं अनलाइनलाई सहयोग गर्नुहोस् भन्दै चर्काे दवाव आउन थालेको छ,’ एक ब्यापारीले नाम उल्लेख नगर्ने शर्तमा सफलखवरसँग भने,–‘सहयोग नगरौं अप्ठायारोमा पर्ने डर सहयोग गरौं, प्रधानमन्त्रीको सचिवालयवाटै किन सहयोगको यसरी प्रेसर आईरहेको छ, वुझन सकिएको छैन ।’
पाण्डेको ब्यवस्थापन र बोेहोराको सम्पादनमा आउन लागेको अनलाइनलाई अहिले प्रधानमन्त्री र वालुवाटारको नाम वेचेरै विवादास्पद ब्यापारी दिपक मल्होत्रावाट आर्थिक सहयोग लिने काम भईसकेको छ । मल्होत्राले प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार सम्मको आग्रह्का आधारमै अनलाइनलाई लगानी गरिदिने वचन दिईसकेको स्रोत वताउँछ । केही वैकमा समेत यसैगरी प्रधानमन्त्रीको नाम वेचेरै वार्षिक रुपमा विज्ञापन सम्झौता गर्ने काम समेत भईसकेको छ ।
टेलिभिजनमार्फत सिंहदरवारभित्र चन्दा आतंक मञ्चाएका पाण्डेले अहिले ब्यापारीहरुमार्फत नयाँ आतंक सिर्जना गर्न थालेको सूचना प्रधानमन्त्री सम्म पनि पुगेको बताइन्छ । नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले प्रधानमन्त्रीको नाममा ठग्ने प्रवृत्तिको प्रधानमन्त्री जानकार रहीसकेको र त्यसरी आएमा प्रहरीमा खबर गरी वझुाईदिन प्रधानमन्त्रीले आग्रह गरेको भन्दै सार्वजनिक सूचना नै सामाजिक सन्जालमा लेखेका छन् ।
बस्नेतले मंगलवार प्रधानमन्त्रीलाई भेटेर आएपछि त्यस्तो स्टाटस लेखेका छन् :
सार्वजनिक हितका लागि सूचना
बालुवाटारको नाम बेच्दै केही दलालहरु म त प्रधानमन्त्रीको लागि खास अनलाइन खोल्दैछु, कति दिनुहुन्छ, खास पत्रिका खोल्दैछु, कति दिनुहुन्छ ? खास टीभी खोल्दैछु कति सहयोग गर्नुहुन्छ प्रधानमन्त्रीको टीमलाई ? नभए यो फोटो, यो भिज्युओल हेर्नाेस, अनि प्रमुख सल्लाहकारलाई फोन गर्नाेस भन्दैछन रे । सम्माननीय प्रधानमन्त्री, मुख्य सल्लाहकार, सल्लाहकार, मन्त्री र प्रेस संगठनको नाममा ठग्न आउनेलाई जुत्ताले हानेर सोझै प्रहरीमा बुझाउनु होला, चन्दा वा बिज्ञापन नदिनु होला । यो बालुवाटार, सरकार, नेकपा र प्रेस संगठन नेपालको औपचारिक धारणा हो । नठगिनोस, नभुक्निोस ।’
मनोज पाण्डेले कथा नेपालको नामक आफनो नीजि कम्पनीमार्फत बालुवाटारका सल्लाहकारको सल्लाहमा प्रधानमन्त्रीलाई जनतासँग जोड्ने भन्दा पनि प्रधानमन्त्रीलाई अगाडि सारेर करोडौँ कुम्ल्याउने योजना मात्र बनाएपछि प्रधानमन्त्रीकै निर्देशनमा अहिले उक्त टेलिभिजन कार्यक्रम वन्द भएको छ । सचिवालयमा प्रधानमन्त्रीका अढिडयो भिडियो विज्ञका रुपमा मामा विष्णु रिमालले नियुक्ति दिएका पाण्डेको पद पनि गुमेको छ ।
तर पनि उनले प्रधानमन्त्रीलाई जोडेर आर्थिक उपार्जनको वाटो नछोडेपछि अहिले पाण्डेको आलोचना वढेको छ । प्रधानमन्त्री केपी ओलीलाई ‘इम्परर न्यूक्लोथको बादशाह’ बनाउँदै आएका सल्लाहकारहरुले अब छुट्टै अनलाइनमार्फत प्रधानमन्त्रीलाई जनतासँग जोड्ने भन्दै नयाँ धन्दा शुरु गर्न खोजेपछि ब्यापारीहरु आतंकित हुन थालेपछि प्रधानमन्त्रीले चासो देखाएका हुन् ।
प्रधानमन्त्रीले गम्भिरतापूर्वक आफनो नाम वेचेर आर्थिक धन्दा चलाउन खोज्नेलाई नियन्त्रणको प्रयास गर्न खोजेको हो भने पाण्डेको अर्काे धन्दामा झट्का लाग्न पुग्ने चर्चा अहिले प्रेस संगठन नेपालभित्र हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०७६, ०७ : ३३
लेखकबाट थप