नेकपा एमाले स्थायी कमिटी बैठक बस्ने

सोमबार, १५ माघ २०७४, १३ : ४१
नेकपा एमाले स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।  मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।
बैठक मुख्यमन्त्रीको चयन, प्रदेश सभामुखको चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आइतबारमात्रै एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र  प्रदेश समाभुखमा ७०–३० को भागबण्डा भएको थियो ।   दुई पार्टीबीच भागबण्डा मिलेसँगै  एमाले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको हो ।

 

प्रतिक्रिया दिनुहोस