विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

मंगलबार, ०७ साउन २०७६, १६ : ४४
विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द 'विप्लव' समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला सदस्य नेत्रबहादुर थापा र युवा सङ्गठनका जिल्ला सचिव विष्णुकुमार श्रेष्ठ रहेको छ । थापालाई व्यास नगरपालिका–२ स्थित गणेशमान चोकबाट र श्रेष्ठलाई व्यास नगरपालिका–३ स्थित मालपोत लाइनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पक्राउ परेका दुवै कार्यकर्ताको साथबाट पार्टीका पर्चा पम्पप्लेटलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस