चट्याङ लागेर एकको मृत्यु

रासस

सोमबार, ०६ साउन २०७६, २० : २९
चट्याङ लागेर  एकको  मृत्यु

काठमाडौं ।  खेत जोत्दै गरेको अवस्थामा चट्याङ लागेर मोरङमा आज एकको मुत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको चट्याङ लागेर घटनास्थलमा मृत्यु भएको हो । घरदेखि लगभग दुई सय मिटर पर धान रोप्नका लागि खेत हिल्याउँदै गरेको अवस्थामा चट्याङ परेको थियो । चट्याङले खेत जोत्दै गरेका एक हल गोरु पनि मरेका छन् । 

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते हुनुभएको छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते हुनुभएकी उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस