चितवन । पौडी खेल्ने क्रममा डुवेर भरतपुरमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १४ राधापुरका २८ वर्षीय उमेश दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
उनि राधापुरमा रहेको नहरमा सोमवार दिउसो पौडी खेल्ने क्रममा डुवेका थिए । ईलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएकोे ५ जनाको टोलीले दराईलाई मृत अवस्थामा नहरबाट बाहिर निकालेको थियो ।
घट्नास्थल इप्रकाबाट २ किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस