जंगली च्याउ खाँदा भरतपुरमा तीन जना बिरामी

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, १४ : ०४
जंगली च्याउ खाँदा भरतपुरमा तीन जना बिरामी

चितवन । जंगली च्याउ खाँदा चितवनमा ३ जना बिरामी परेका छन् । भरतपुर महानगरपालिका ८ सितारामचोक बस्ने २५ वर्षीय बुद्धलाल ब्लोन, उनकी श्रीमती २४ वर्षीया सरिता ब्लोन र ४ वर्षीय छोरा समीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
उनीहरु तिनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले आइतबार जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएपछि उनीहरुमा बान्ता हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । 
वर्षाको मौसममा जताततै उम्रने च्याउ विषयुक्त हुने भएकाले सेवन नगर्न सबैसँग चिकित्सकले आग्रह गरेका छन् । वर्षाको यो सिजनामा भरतपुर अस्पताल लगायत जिल्लाका विभिन्न अस्पतालमा विषाक्त च्याउ खाएर बिरामी परेकाहरु उपचारका लागि आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस